सुदूरपश्चिममा एकै पटक एक हजार ७७ हवल्दारको सरुवा
2024/04/30, 6:00
 
ss

सुदूरपश्चिम प्रदेशमा एकै पटक नेपाल प्रहरीका हवल्दार,सहायक हवल्दार र वरिष्ठ हवल्दारहरुको सरुवा भएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले आज मंगलबार सरुवा गरेको सुचि निकालेको हो ।

जसमा १ हजार ७७ जना हवल्दार,सहायक हवल्दार र वरिष्ठ हवल्दारहरुको सरुवा गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रज्वल महर्जनले बताए।उनका अनुसार यस अगाडि नै हुने भनिएको उक्त सरुवा बझाङमा भएको उपनिर्वाचनका कारण केही ढिला भएको थियो।

यस्तै सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डीआइजी रविन्द्र केसीले हवल्दार सरुवा मापदण्डलाई कडाइका साथ पालना गर्दै गरिएको जनाएका छन्। केसीले प्रहरी प्रधान कार्यालयले तोकेको मापदण्डअनुरुप सरुवा गरिएको बताए। जसमा स्थायी ठेगाना भएको ठाउँमा नखटाइएको, पूर्व दरबन्दीमा नखटाइएको, अशक्तलाई माग अनुसारकै स्थानमा पठाइएको, दम्पतीलाई सकेसम्म एकै स्थानमा खटाइएको, र स्कुल एवं प्रशिक्षण केन्द्रमा ड्रील तालिम तथा एसएलसी पासलाईमात्र खटाइएको डीआइजी केसीको भनाई छ