प्रतिपक्षीको विरोधका बाबजुत पेलेरै सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको वजेट पारित (भिडियो सहित)
2020/07/08, 3:35
 
corona

निक्कै रस्साकस्सीका बिच सुदुरपश्चिम प्रदेश सभाले सुदुरपश्चिम सरकारको आर्थिक बर्ष २०७७।२०७८ को बजेट पारित गरेको छ । प्रतिपक्षी दलहरुको लगातारको नाराबाजीका बीचमै बजेट पारित भएको हो । बुधबार बिहान र दिउँसो गरेर २ पटक बसेको बैठकको प्रारम्भ मै प्रतिपक्ष दलहरुले नाराबाजी गर्दै रोष्टम घेराउ गरेका थिए । सदनमा सभामुख निकै आक्रामक देखिएका थिए । प्रदेश सभाका सभामुख अर्जुन बहादुर थापाले प्रतिपक्ष दलहरुको अबरोधलाई बेवास्तै गर्दै सदनको काम कार्बाही अगाडी बढाएका थिए ।

प्रतिपक्षी दलहरुको चर्को नाराबाजीका बीच सभामुख अ थापाले अनुमति दिएपछि आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले बजेट पारित होस् भनी प्रस्ताब सदनमा पेश गरेका हुन् । उनको प्रस्तावमा सत्तापक्षका साँसदहरुले समर्थन गरेपछि बजेट पारित भएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक बजेट प्रदेश सभावाट पारित भएको छ । सुदूरपश्चिम प्रदेश सभाको छैटौँ अधिवेशनको २५ औँ बैठकवाट आज बुधवार पारित भएको हो । प्रतिपक्षी दलको विरोधका बावजुत सभामुख अर्जुनवहादुर थापाले निर्णयार्थ पेस गर्दा हुन्न भन्ने आवाज नआएपछि सर्वसहमतले बजेट पास भएको घोषणा गरे । प्रदेश सभाको अर्काे बैठक अर्काे सूचना जारी नभए सम्मका लागि स्थगित गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ को वार्षिक बजेट संसदमा छलफल नै नगरी पारित गरिएको छ । प्रदेश सभामा प्रतिपक्षी दलहरू–नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले कोरोना रोकथाम र नियन्त्रणमा सरकार पूर्ण उदासिन देखिएको भन्दै गत १० गतेदेखि सदनमा अवरोध जारी राखेपछि संसद बैठक बारम्बार स्थगित भइरहेको छ । प्रतिपक्षी दलहरूले ‘कोरोना महामारीको प्रभावकारी नियन्त्रण र रोकथामका लागि प्रदेशमा पिसिआर चेकजाँचको दायरा बढाउनुपर्ने, क्वारेन्टाइन तथा आइसोलेशनलाई व्यवस्थित गर्नुपर्ने, संक्रमितलाई आइसोलेशनमा राखेर उपचार गर्नुपर्ने, जनतालाई सुरक्षाको प्रत्याभुति दिनुपर्ने, कोरोना महामारीका कारण आर्थिक तथा सामाजिक क्षेत्रमा परेको व्यापक दुस्प्रभावलाई दृष्टिगत गर्दै तदनुरुपका कार्यक्रम ल्याउनु पर्ने र कोरोना महामारीबाट आक्रान्त सुदूरपश्चिमबासीलाई राहत पुग्ने खालका कार्यक्रम ल्याउनुपर्ने’ लगायतका माग अघि सार्दै संसदमा अवरोध गर्दै आएका छन् ।

प्रतिपक्षी दलहरूले सरकारले यी सवालमा विश्वासयोग्य प्रतिवद्धता व्यक्त नगरेसम्म सदन चल्न नदिने अडान राख्दै आएका छन् । संसदमा निरन्तरको विरोधबीच सरकारले सहमतिका लागि भन्दै केही चरणमा प्रतिपक्षी दलहरूसंग वार्ता, छलफल गरे पनि उनीहरूका सवाललाई गम्भीरतापूर्वक नलिएको प्रतिपक्षीहरूको आरोप छ । प्रतिपक्षी दलहरूका सवालहरूमा खासै चासो नदिएको सुदूरपश्चिम प्रदेश सरकारले संसदमा विरोधबीच नै बजेट पारित भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सोमबार बोलाईएको संसदीय दलको बैठकमा संसदमा बजेट माथिको छलफल प्रक्रियामा नगएर नै बजेट पारित गर्ने निर्णय भएकोमा त्यही अनुसार बजेट पारित भएको हो ।