पार्टीलाई व्यक्ति प्रधान बन्न नदिन धनगढीमा युवाको भेला 
2020/07/08, 4:02
 
party yekata

 धनगढीमा राष्ट्रिय युवा संघका नेताहरुले युवा भेला गरेका छन् । राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य दिपक सिंह र केन्द्रीय सदस्य सुरज खातिको नेतृत्वमा युवा भेला भएको हो ।

party

बुधबार पार्टी लाई व्यक्ति प्रधान होइन नीति प्रधान बनाउन माग गर्दै भेला गरेको युवा संघ केन्द्रीय सदस्य दिपक सिंहले जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कैलाली जिल्ला पार्टी कार्यालयमा पार्टीका प्रदेश कमिटी सदस्य रमेश धामी, राजेश भण्डारी, डिएल भण्डारी, जिल्ला कमिटिका युवा नेता दीर्घ जोशी र दुर्गा जोशीले मन्तव्य राखेका थिए ।

 

party

युवा विद्यार्थिहरु सहभागी कार्यक्रममा विद्यार्थि नेता युवराज कुँवर, डम्मर भट्टराई, युवा बावूराज श्रेष्ठ लगाएतकाले मन्तव्य राखेका थिए । भेलामा बोल्ने अधिकांश वक्ताले पार्टी लाई एकताबद्ध बनाउन युवाहरु जुट्नुपर्ने धारणा राखेका थिए ।

केन्द्रीय सदस्य सुरज खातिको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दिपक सिंहले गरेका थिए ।