आज हैन भोलीलाई ५ वर्ष ओलीलाई भन्दै प्रधानमन्त्रीको समर्थनमा र्‍याली
2020/07/08, 5:16
 
ryali

धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा र्‍याली निकालिएको छ । सचेत नागरिक समाजले बुधबार धनगढीमा प्रधानमन्त्री ओलीका पक्षमा र्‍याली निकालेको हो ।

1

र्‍यालीमा ‘आज हैन भोलीलाई ५ वर्ष ओलीलाई’ लगायतका नारा लगाइएको थियो । केही दिनयता नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मा देखिएको विवादलाई बन्द गरी पाँच वर्षका लागि ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्ने नाराहरु र्‍यालीमा लगाईएको थियो ।

2

सुदुरपश्चिमका विभिन्न स्थानहरुमा प्रधानमन्त्री ओलीको समर्थन र्‍यालीआयोजना हुदैं आएको छ । केही दिन अघि लम्कीको र्‍यालीमा ओली र प्रचण्ड तथा माधव नेपालको समुह बीच कुटाकुट भएको थियो । 

2

धानमन्त्री केपी शर्मा ओलीको पक्षमा धनगढीमा प्रदर्शन गरिएको छ । ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नहुने भन्दै उनी निकट कार्यकर्ताहरुले धनगढीमा जुलुस प्रदर्शन गरेका हुन् । No description available.

सचेत नागरिक समाजको नाममा निकालिएको ¥यालीमा ओली फोटो र नेपालको नक्सासहितको ब्यानर लिएर युवाहरुले प्रदर्शन गरेका थिए । हातहातमा प्ले कार्ड बोकेका प्रदर्शनमा सहभागी युवाहरुले भारतीय हस्तक्षप मुर्दावाद, आज होइन भोलिलाई पाँच वर्ष ओलीलाई, अस्थिरता चाहिदैन, जनतालाई धोका दिन पाइदैनजस्ता नारा लगाएका थिए । 

दुई दिनअघिमात्र कैलालीको लम्कीमा पनि ओलीको पक्षमा प्रर्दशनका क्रममा नेकपाकै कार्यकर्ताबीच झडप भएको थियो । ओलीको पक्षमा निकालिएको ¥यालीमा अर्का अध्यक्ष प्रचण्ड–नेपाल समूहको विरोधमा बोल्न थालेपछि दुवै पक्षबीच झडप भएको थियो ।