पुर्विचौकी गाउँपालिका बस अनियमित हुँदा नागरिकहरुलाई सास्ती
2024/05/09, 12:24
 
dd

डोटीको पुर्विचौकी गाउँपालिकाले नागरिकको सहजताको लागी सञ्चालन गरेका दुई ओटा सार्वजनिक बसहरू अनियमित हुँदा नागरिकहरूले सास्ती भोगिरहेका छन । राज्यको लाखौँ लगानीमा गाउँपालिकाले नागरिकहरूलाई सदरमुकाम सम्म पुग्न बस सेवा सञ्चालन गरेको थियो । 
तर बस सेवा निरन्तर नहुदा नागरिकहरूले कष्ट खेप्नु परेको हो । गाउँपालिका भित्र रहेका बसहरू कहिले पिकनिक जाने त कहिले विभिन्न बहानामा थन्क्याउने गरेको स्थानीय टेक बहादुर रावलले बताए । 

उनले भने बस नियमित आउँछ भनेर नागरिकहरू पर्खेर बसेका हुन्छन् तर बस कहिले आउँछ कहिले आउँदैन । गाउँपालिकाले बसहरूमा वार्षिक रूपमा लाखौँ लगानी गरिरहेको छ,तर नागरिकहरूले नियमित रूपमा बसको सेवा लिन पाएका पाएका छैनन् रावलले भने । बसहरू पालिकाले आफ्नो मन मर्जी रूपमा कहिले पिकनिक त कहिले होल्ड राख्दा सार्वजनिक बसको भर पर्दा आफूहरू समयमै गन्तव्य सम्म पुग्न नसकेको स्थानीय नागरिकहरू बताउँछन् । 

पुर्विचौकी गाउँपालिका सूचना अधिकारी गगन भण्डारीले गाउँपालिका सँग रहेका दुई बस नियमित रूपमै सञ्चालनमा रहेको बताए । उनले भने हाल एक जना ड्राइभरले छोडेका छन तर पनि हामी अर्को विकल्पका रूपमा ड्राइभर राखेरै भए पनि सेवा दिई रहेका छौ । कहिले काई ढिलो चाँडो हुन सक्छ प्राय प्यासेन्जर पनि त्यति पाइँदैनन् नभए बसहरू सञ्चालनमा छन उनले भने ।