
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। पेट्रोलियम पाइपलाइन उदघाटनको पूर्वसन्ध्यामा निगमले तीन ईन्धनको मुल्य २ रुपैयाँ घटाइएको निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले बताए।

नयाँ मूल्य लागू भएसँगै पेट्रोलको एक सय ७ र डिजेल तथा पेट्रोलको मूल्य ९५ मा झरेको छ। यसअघि पेट्रोलको मूल्य एक सय ९ र डिजेल तथा मट्टितेलको मूल्य समान ९७ रुपैयाँ थियो।
समायोजन भएको नयाँ मूल्य मगंलबार १२ बजेबाट लागू भएको निगमका कार्यकारी प्रमुख पौडेलले बताए। नेपाल र भारतका प्रधानमन्त्रीले दुई देशबीचको पेट्रोलियम पाइपलाइन केही बेरमा उदघाटन गर्ने कार्यक्रम रहेको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 6:38
2021/02/10, 2:18
2021/09/11, 9:15
2023/05/06, 11:55
2020/08/29, 12:09