घट्यो नेप्से परिसूचकसँगै कारोबार रकम
2024/11/24, 3:44
 
ss

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १३।०३ अंक घटेको छ । उक्त गिरावटसँगै नेप्से २६६७ अंकमा झरेको छ ।  अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार घटेर बन्द भएको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । आज सेन्सेटिभ इण्डेक्स पनि १।७६ अंक घटेको छ । त्यस्तै, फ्लोट इण्डेक्स ०।९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०।५५ अंक घटेको छ।

आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबारको दिन ८ अर्ब २५ करोडको सेयर खरिदबिक्री भएकोमा आज ३२२ स्टकको ७६ हजार ४१८ पटकको कारोबारमा ७ अर्ब ७२ करोड ८८ लाख ६१ हजार रुपैयाँबराबरको १ करोड ५२ लाख ७० हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

आज ५५ कम्पनीको मूल्य बढ्दा १८१ को घट्यो भने ८ को स्थिर रहेको हो । आज लगानी समूह शून्य दशमलव शून्य आठ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ६८ प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी विकास बैंक समूह एक दशमलव ६३ प्रतिशतले घटेको छ । 

आज बैंकिङ शून्य दशमलव ५४, वित्त शून्य दशमलव ३७, होटल तथा पर्यटन शून्य दशमलव ४९ र जलविद्युत् समूह शून्य दशमलव ४१ प्रतिशतले घटेको छ । त्यसैगरी जीवन बिमा शून्य दशमलव ५५, लघुवित्त शून्य दशमलव ९४, म्युचुअल फण्ड शून्य दशमलव १२, निर्जीवन बिमा शून्य दशमलव १७, व्यापार शून्य दशमलव शून्य सात र अन्य समूह शून्य दशमलव ७१ प्रतिशतले घटेका छन् ।


थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी नौ दशमलव ९१ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घट्नेमा भने सेन्चुरी डिभेञ्चर २०८८ सात दशमलव ७५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी ६० करोड ८७ लाख ३६ हजार एक सय ५२ बराबरको सेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा ङादी पावर लिमिटेडको सात लाख २० हजार आठ सय १३ कित्ता सेयर किनबेच भएको छ ।