संक्रमित महिला अवकाश प्राप्त शसस्त्र प्रहरीः टेम्पो हुँदै कैलाली भएर कोहलपुरमा बास बस्दै  काठमाडौं पुगेकी थिईन्
 
korona

काठमाण्डौं फेला परेकी संक्रमित कंचनपुर बेतकोट नगरपालिका– १० हरपाल गाउँकी ३३ बर्सिया महिला शसस्त्र प्रहरीको अवकाश प्राप्त जवान भएको खुलेको छ । हाल चन्द्रागिरी नगरपालिकाको मत्स्य गाउँको घरमा बस्दै आएकी उनी चैत ६ गते कान्छो देवरको ब्रतबन्धका लागि काठमाण्डौंबाट देवर सहित बेतकोट स्थित घर आएकी थिईन ।
त्यहाँबाट डडेलधुराको भागेस्वर गाउँपालिका लामकाडास्थित घरमा ब्रतबन्धका लागि जाने तयारीमै रहेको बेला लकडाउनका कारण बेतकोटमै बसेको पाईएको छ । लामो समयपछि सशस्त्र प्रहरीको गाडीमा मेडिकल टीम धनगढी आउदै गरेको जानकारी पाएपछि सशस्त्र प्रहरीको काठमाण्डौंस्थित अस्पतालमा कार्यरत उनका श्रीमानले उनलाई त्यही गाडीमा काठमाण्डौं फर्किने व्यवस्था मिलाएका थिए ।


उनी बैशाख २८ गते टेम्पोमा दुई बच्चा १४ बर्षीया छोरी र  ९ बर्षीय छोरालाई साथमा लिएर अत्तरीया पुगेकी थिईन् । त्यहाँबाट साँझ उनका छोराछोरी सहित पाँच जना लिएर हिडेका उनीहरु राति कोहलपुरमा वास बसेका थिए । बैशाख २९ गते बिहानै कोहलपुरबाट हिडेका उनीहरु साँझ काठमाडौ पुगे ।


बाहिर जिल्लाबाट आउनेहरु नियमित जाँच प्रकृया अन्तर्गत सशस्त्र प्रहरीमा उनीहरु सबैको स्वास्थ्य परीक्षण समेत भएको थियो । गाडीमा रहेका चार जनाको रिपोर्ट नेगेटिभ आयो । उनको भने पोजिटिभ पाईयो । त्यसपछि उनलाई टेकुस्थित अस्पतालमा उपचारमा राखिएको छ । उनका श्रीमान काठमाण्डौंमा सशस्त्र प्रहरीको अस्पतालमा कार्यरत छन् । उनले भने शारिरिक अशक्तताका कारण समय भन्दा पहिले नै अवकाश पाएकी हुन् ।