दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको बिओपी (फोटो फिचर सहित) 
2020/05/13, 8:10
 
bop

लिपुलेक क्षेत्रको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको टोलीको बिओपी स्थापना भएको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत सशस्त्र प्रहरीको एक टोली लगेर आज दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरूमा सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको शसस्त्र प्रहरी बलले जनाएको छ ।

0

1

 नेपाली भूमि लिपुलेक हुँदै भारतले एकतर्फी सडक बनाएर उद्घाटन गरेपछि अहिले देशभर विरोध भईरहँदा सीमा रक्षाका लागि सरकारले त्यस क्षेत्रमा सशस्त्रको टोली पठाएर बिओपी स्थापना गरेको हो । सीमा निगरानी चौकीमा २५ जना सशस्त्र प्रहरी रहेका छन । प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा २५ जनाको टोली पुगेको सशस्त्र प्रहरी बल नेपाल ५० नम्बर गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्टले जानकारी दिए । 

2

3


केही दिनअघि भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरी भारतले उद्घाटन गरेको थियो । सीमा रक्षाका लागि सरकारले तत्कालै त्यस क्षेत्रमा सशस्त्रको टोली पठाएको हो । बीओपीमा सशस्त्र प्रहरी निरीक्षक मिलिबहादुर चन्दको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी, छ महिनाका लागि पुग्ने खाद्यान्न, मेडिकल सामग्री, हातहतियार र बन्दोबस्तीका आवश्यक सामानहरू दार्चुला सदरमुकाम खलङ्गाबाट हेलिकोप्टर मार्फत छाङरु पुर्याइएको छ ।

5

6


बीओपी स्थापनाका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सशस्त्र प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक नारायणबाबु थापा, गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल लगायत सुरक्षा अधिकारीहरू, बीओपीमा खटिने २५ जना सशस्त्र प्रहरी लगायत सुरक्षाकर्मी र सञ्चारकर्मी छाङरु पुुगेका थिए । व्यास गाउँपालिका–१ छाङरुमा बाह् महिना सुरक्षाकर्मी बस्ने गरी बीओपी स्थापना गरिएको हो । नेपाल सरकारले बीओपी स्थापनाका लागि ११ करोड बजेट विनियोजन गरेको छ । छाङरुमा भौतिक पुर्वाधार निर्माण भइनसकेकोले केही समयका लागि छाङरुबाट एक किलोमिटर वर गागामा स्थानीयको घर भाडामा लिएर सशस्त्र प्रहरी बसेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । सशस्त्रसँगै सेनाको हेलिकोप्टरमा नेपाल प्रहरी पनि छाङरु खटाईएको छ । सई हर्कसिह महताको नेतृत्वमा ९ जनाको प्रहरी टोली पनि छाङरु गएको प्रजिअ पौडेलले बताए ।

8


सरकारले गत मंसीरमा नै बिओपी राख्ने निर्णय गरेको थियो । त्यो समयमा सीमा क्षेत्रमा सशस्त्र प्रहरीको १०७ बिओपी थियो । मंसिरमा सरकारले ११४ बिओपी स्थापना गर्ने निर्णय गरेको थियो । त्यसपछि १३ स्थानमा मात्रै बिओपी स्थापना भएको थियो । 
तस्वीर सौजन्यः सशस्त्र प्रहरी बल