
बलिउड नायक अमिताभ बच्चनलाई कोरोना पोजिटिभ देखिएको छ । योसँगै उनको परिवारका सम्पूर्ण सदस्यको कोरोना परिक्षण गरिएको थियो ।
भारतीय मिडियाका अनुसार, अमिताभका छोरा नायक अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टी भएको छ । नायक अभिषेक बच्चनले सामाजिक संजाल मार्फत आफू र आफ्ना पिता अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टी भएको उल्लेख गरेका छन् ।
उनले आफू र पिता अमिताभलाई एउटै लक्षण देखिएपछि अस्पताल भर्ना भएको उल्लेख गरेका छन् । अभिषेकले आफ्नो परिवारका सम्पूर्ण सदस्यको कोरोना परिक्षण र गरिएको बताउँदै नआत्तिन सबैसँग अपिल गरेका छन् ।
नायक अमिताभ बच्चनको अहिले मुम्बइको नानावती अस्पतालमा उपचार भैरहेको छ ।



2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/14, 3:54
2023/08/08, 1:07
2020/07/25, 6:42
2020/12/17, 12:02