साहुनीसँग किस माग्ने वडाध्यक्षमाथिको अनुसन्धान सकियो
2020/07/12, 11:09
 
president

कञ्चनपुरमा बलात्कारको आरोप लागेका वडाध्यक्षमाथिको अनुसन्धान सकिएको छ । बलात्कार आरोप लागेका भीमदत्त नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष राम नाथमाथिको अनुसन्धान सकिएको प्रहरीले जनाएको छ ।

अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले बताए । थापाले एक दुई दिनमै प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाईने बताए । वडाध्यक्ष नाथमाथि ब्रह्मदेवमा नै व्यवसाय गर्दै आएकी एक महिलाले जवरजस्तीकरणी उद्योगमा जाहेरी थिईन् ।

पीडित महिलाकै पसलमा मदिरा सेवन गरेका उनले राती सवा ८ बजे उनीमाथि दुव्र्यवहारको प्रयास गरेपछि पक्राउ परेका थिए । नाथविरुद्ध दर्ता भएको जवरजस्तीकरणी उद्योगको मुद्दामा प्रहरीले अनुसन्धान पूरा गरेको हो । मदिरा सेवनपछि वडाध्यक्षले अंगालो हाल्दै ‘चुम्बन’ मागेको स्थानीयको आरोप छ ।