जनउत्थानको ९ औं वार्षिक सभा सम्पन्न                                  
2020/07/12, 1:49
 
sahakari

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय बुटवलमा रहेको जनउत्थानले ९ औं वार्षिक सभा एक कार्यक्रमका बीच सम्पन्न गरेको छ ।  कार्यक्रमलाइ उद्घाटन तथा सम्बोधन  गर्दै संस्थाका अध्यक्ष बाबुराम विश्वकर्माले संस्थाका समुह सदस्यहरुलाई कारोबारको जानकारी गराउन, समुह सदस्यहरु सँगको आर्थिक कारोबारलाई पारदर्शी बनाउन, वित्तीय साक्षरता कार्यक्रमलाई अभियानकै रुपमा अगाडी बढाईने बताए ।

 उनले अल्पकालीन तथा दीर्घकालीन रणनीतिहरु तयार गर्दै  संस्थालाई अगाडी बढाउने प्रतिवद्धता  समेत व्यक्त गरे ।  साधारण सभालाई सम्बोधन गर्दै संस्थाका  परिकल्पनाकार डाक्टर मानबहादुर विकले हाल विश्वव्यापी रुपमा देखा परेको कोराना भाईरसले विभिन्न चुनौतीहरु देखापर्ने भएकोले   बिद्युतीय सामाग्रीको उपयोग गर्दै  बिद्युतीय कारोबार गर्नु पर्ने सुझाव दिए । 

स्वागत मन्तव्य राख्दै संस्थाका सञ्चालक समिति सदस्य रेवन्त बहादुर विश्वकर्माले पछाडी पारिएको समुदायको लागि जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले महत्त्वपूर्ण भुमिका खेलेको बताए । उनले लघुवित्तले गाउँ घरमा गई सेवा प्रदान गर्ने  भएको  र यसले उद्यमी बनाउन मदत गर्ने  भएकोले झनै लघुवित्तको  महत्व बढेको बताए ।

संस्थाका पूर्व अध्यक्ष  यम बहादुर बिके, पूर्व सञ्चालक डाक्टर मेग बहादुर विश्वकर्मा, माधव प्रसाद नेपाल, संस्थापक शंकर प्रसाद पौडेल, यज्ञ विक्रम शाही, भिम कुँवर, नर बहादुर विश्वकर्मा (जर्ज इभरेष्ट), सिताराम रसाली, जोगलाल विश्वकर्मा,  पशुपति पाठक लगायतले शुभकामना मन्तव्य  व्यक्त गरे ।