सुदूरपश्चिम एम्बुलेन्स प्रकरण : प्रतिवेदनमाथि छलफल गर्न बोलाईएको बैठक कोरम नपुरेर स्थगित
2020/07/12, 7:05
 
baithak

सुदुरपश्चिममा एम्बुलेन्स खरिद प्रक्रियाको बिषयमा छलफल गर्नका लागि बोलाईएको सार्वजनिक लेखा समितिको वैठक कोरम नपुगेर स्थगित भएको छ । आईतवारका लागि वोलाईएको सार्वजनिक लेखा समितिको वैठकमा वहुमत सदस्यहरु उपस्थित नभएपछि बैठक स्थगित भएको हो । एम्बुलेन्स खरिद प्रक्रियाको विषयमा छानविन गर्नका लागि गठन गरिएको छानविन उपसमितिले तयार पारेको प्रतिवेदनमा छलफल गर्नका लागि बैठक बोलाईएको थियो । सो बैठकमा सार्वजनिक लेखा समितिका ७ जना सदस्यहरु अनुपस्थित भए ।

यसअघि प्रक्रिया अनुसार नभएको भन्दै सार्वजनिक लेखा समितिमा छानविन उपसमितिको प्रतिवेदन पेस गरेकोले काग्रेंस प्रदेश सभा सदस्य भरत खड्काका कारण छानविन उपसमितिले बनाएको प्रतिवेदनमाथि छलफल हुन सकेको थिएन् । आईतबारको वैठक पनि अधिकांश सदस्यहरु उपस्थित हुन नसकेपछि छलफल प्रक्रिया अगाडी बढ्न सकेको छैन् । चार जना सदस्यहरु मात्रै उपस्थित भएपछि वैठक बस्न नसकेको सार्वजनिक लेखा समितिकी संयोजक कुमारी नन्दा बमले जानकारी दिईन् । आईतबार वैठकमा उपस्थित हुन दुई दिन अघि नै सार्वजनिक लेखा समितिको कार्यालय मार्फत सवै सदस्यहरुको मोबाईलमा  सुचना दिईएको तर अधिकांश सदस्यहरु उपस्थित नभएपछि वैठक स्थगित भएको संयोजक बलमे जानकारी दिईन् ।

आईतबारको बैठकमा सार्वजनिक लेखा समिति सदस्यहरु कर्ण मल्ल, भरत खड्का, वलवहादुर सोडारी, देवकी मल्ल, अमर सावद, अर्चना गहतराज र चुनकुमारी चौधरी अनुपस्थित भएका हुन् । सार्वजनिक लेखा समितिकी सभापति तथा छानविन उपसमितिकी संयोजक कुमारी नन्दा बम, मावहादुर धामी, मानाकुमारी सावद र बलदेव रेग्मी मात्रै उपस्थित भएका थिए । एम्बुलेन्स खरिद प्रक्रियाका विषयमा छलफल गर्नका लागि बैठक वोलाईएकोले अधिकांश सदस्यहरुले सहभागीता नजनाएको आशंका गरिएको छ । 
 

एम्बुलेन्स खरिद प्रकरणः सार्वजनिक लेखा समितिको प्रतिवेदनमा के के छ ? (प्रतिवेदन सहित)

सुदुरपश्चिम प्रदेश सरकारले किनेका एम्बुलेन्समा अनियमितता गरेको ठहर भएको छ । सुदुरपश्चिम प्रदेश सभाको सार्वजनिक लेखा समिति अन्तर्गतको छानविन उपसमितिले एम्बुलेन्स खरिदमा अनियमितता भएको ठहर गरेको हो । समितिले तयार पारेको प्रतिवेदनमा सामाजिक विकास मन्त्रालयले खरिद गरेका एम्बुलेन्स खरिद प्रक्रियाहरु गम्भीर त्रुटी भएको भन्दै मिलोमतो भएको उल्लेख गरिएका छ । 

गत चैत ८ गते वसेको सार्वजनिक लेखा समितिको निर्णय अनुसार गठन गरिएको छानविन उप सिमितले एम्बुलेन्स खरिद प्रक्रियाहरुको तीन महिना लगाएर गरेको अध्ययन अनुसन्धानमा त्रुटी नै त्रुटी गरेर मिलोमतो भएको छ ।

0

1

2

3

4

5

7

8

9