२०७ औं आदिकवि भानुजयन्ती मनाइयो
2020/07/13, 6:54
 
bhanu jayanti

२०७ औं आदिकवि भानुजयन्ती माननीय सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको प्रमुख आतिथ्यतामा धनगढीमा सम्पन्न भएको छ। कैलाली जनपुस्तकालयको आयोजनामा भएको समारोहमा यस क्षेत्रका बिभिन्न ब्यक्तीहरुलाई सम्मान गरिएको छ । 

कार्यक्रममा पूर्णानन्द जोशी राष्ट्रिय शिक्षा सेवा पुरस्कारबाट वरिष्ठ शिक्षासेवी यादवप्रसाद जोशी सम्मानित हुनुभएको छ। आदिकवि भानुस्मृति राष्ट्रिय सम्मानबाट साहित्यकार तथा समाजसेवी सूर्यप्रसाद जोशी र शैलेश्वरी नर्सिङ क्याम्पसकी प्रमुख विमला पौडेल स्वार सम्मानित हुनुभएको छ।

समारोहमा पुस्तकालयका पूर्व अध्यक्ष तथा वरिष्ठ समाजसेवी दीनानाथ भट्टको स्मृतिमा प्रकाशित ' दीनानाथ स्मृतिग्रन्थ'को लोकार्पण गरिएको छ। सोही कार्यक्रममा साहित्यकार नवराज ओझालाई पुस्तकालयको विशिष्ट सदस्यता कदरपत्रद्वारा सम्मानित गरिएको छ ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले “जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ” भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए। ‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचना लगायत कृति छन्।

कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यलयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए ‘भोलि भोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’।उनको निधन विसं १९२५ असोजमा भएको थियो।