
कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा खाद्यान्न ढुवानी भन्दै कपडा ढुवानी गरिरहेको ट्रकलाई सुखड प्रहरीले नियन्त्रण मा लिएको छ ।

विरगञ्जदेखि कैलालीसम्मका लागि फेन्सी तथा लत्ता कपडा ढुवानी गरिरहेको ना ६ ख ४३५१ नम्बरको ट्रकलाई ईलाका प्रहरी कार्यालय सुखडले नियन्त्रण लिएको हो । सुखडमा रहेको ट्राफिक चेकपोष्टमा सोधपुछ गरी इन्ट्री गर्दा सवारी चालकले खाद्यान्न भएको बताएका थिए तर ट्रकमा कपडाका थान फेला परेको प्रहरीले जनाएको छ ।
खाद्यान्न ढुवानी भन्दै कपडा ढुवानी गरिरहेको अवस्थामा ट्रकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी प्रमुख हरिशरण भट्टले बताए ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/03/02, 10:27
2021/07/20, 10:32
2022/04/06, 6:10
2021/02/07, 10:43