सुदुरपश्चिममा एकैदिन ९६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसरा विभिन्न जिल्लाका अस्पतालका आईसोलेन कक्षमा रहेका ९६ जनालाई सोमवार डिस्चार्ज गरिएको हो ।
उनीहरु कोरोना निको भएर र १४ दिनसम्म कुनै लक्षण् नदेखिएपछि डिस्चार्ज गरिएको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार सवैभन्दा वढी जिल्ला अस्पताल बझांगबाट डिस्चार्ज भएका छन् ।
वझांगबाट ५३ जना घर फर्किएका छन् । जिल्ला अस्पताल अछामबाट २६ जना र टीकापुर अस्पतालबाट १७ जना डिस्चार्ज भएका छन् । योसँगै सुदुरपश्चिममा कोरोना संक्रमित डिस्चार्ज हुनेको संख्या एक हजार पाँच सय १३ पुगेको छ ।
2024/11/23, 3:22
2024/11/23, 3:11
2024/11/23, 2:55
2024/11/23, 2:46
2024/11/23, 2:44
2024/11/23, 3:22
2024/11/23, 3:11
2024/11/23, 2:55
2024/11/23, 2:46
2024/11/23, 2:31
2021/02/19, 11:35
2021/09/20, 11:10
2022/08/10, 1:15
2020/08/19, 8:12