कैलालीमा अर्को जिल्ला जान र आउन रोक 
2020/05/14, 1:05
 
cdo office

कैलालीमा अन्य आवागमनमा कडाई गरिएको छ । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जानका लागि दिईएका पास रद्द गरेपछि आवगमनमा कडाई गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहन जोशीले अर्को जिल्ला जाने पास दिन बन्द भईसकेको बताए । ‘गृह मन्त्रालयको निर्णय अनुसार आवागमनमा कडा गरिएको हो । अतिआवश्यक कामका लागि जानु वा आउनु परेमा दुबै जिल्लाको सहमति अनिवार्य रुपमा लिनुपर्ने मापदण्ड बनाएको जोशीले जानकारी दिए । 


जिल्ला बाहिरको आवागमनलाई कडा गरिएपनि जिल्लाभित्र भने लकडाउन खुकुलो छ । अहिले गृह मन्त्रालयले अनुमति नदिएका व्यवसाय समेत सञ्चालन भएका छन ।