
धनगढी उप–महानगरपालिकामा लकडाउनका कारण समस्यामा परेहकाहरुलाई राहतमा कुहिएको चामल प्रकरणमा संग्लनलाई युवा संघ नेपाल धनगढी नगर कमिटिले कारवाहीको माग गरेको छ । धनगढी उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय कैलाली, मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय लगायतमा ज्ञापन पत्र वुझाउँदै युवा संघ धनगढी नगर कमिटीले यस्तो माग गरेको हो ।

कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनबाट प्रभावित दैनिक छाक टार्न समस्या भएकाहरुलाई उप–महानगरपालिकाले संञ्चालन गरेको राहत वितरण कार्यक्रममा अनियमितता भएको समेत युवा संघको आरोप छ । युवा संघ नेपाल धनगढी नगर कमिटीका संयोजक विष्णु केसीद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा सत्यतथ्य छानबिन गरी दोषीमाथि कारवाहीको माग समेत गरिएको छ ।

2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/04/08, 1:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/22, 11:28
2021/12/23, 11:09