
सुदूरपश्चिममा दुई आर्थिक बर्षको सवारी करमा जरिवाना मिनाहा भएको छ । यातायात व्यवस्था कार्यालयहरुले सूचना जारी गर्दै सवारी कर असोज महिनाभित्र बुझाए जरिवाना छुट दिने जानकारी दिएका हुन् ।

यातायात व्यवस्था कार्यालय धनगढीले आर्थिक बर्ष २०७५÷०७६ र आर्थिक बर्ष २०७६÷०७७ को कर असोज महिनाभित्र बुझाए जरिवाना छुट दिने निर्णय भएको जनाएको छ ।
प्रदेश सरकारको अर्थ सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न बनेको विधेयक २०७७ को दफा १४ अनुसार सो निर्णय भएको कार्यालयका निमित्त प्रमुख लक्ष्मण शाहले बताए । उनका अनुसार आगामी आर्थिक बर्षको कर भने नियमानुसार बुझाउनु पर्नेछ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/19, 2:01
2021/02/11, 6:02
2021/09/13, 2:22
2023/10/03, 7:34