प्रहरी तालिम केन्द्रकी प्रशिक्षार्थी फुल टिप्न जाँदा लडेर घाइते
2020/07/15, 7:17
 
police

नेपाल प्रहरीको तालिम केन्द्र दिपायलमा एक प्रहरी जवान घाइते भएकी छन्। घाइते हुनेमा डडेल्धुराकी निर्मला ऐर रहेको तालिम केन्द्र दिपायलका एसएसपी प्रदीपकुमार श्रेष्ठले जानकारी दिए।

घाइते ऐरको प्रहरी अस्पताल दिपायलमा उपचार हुन नसकेपछि धनगढीको सेती प्रादेशिक अस्पताल रिफर गरिएको एसएसपी श्रेष्ठले बताए। घाइते भएकी ऐर नेपाल प्रहरीको ११–७९ औं समुहको प्रहरी जवान तालिम सकेर बिहीबार दिक्षान्त समारोहका हुने तयारीमा थिइन्। तर, अतिथी स्वागतको लागि उनीलगायत अन्य प्रहरी जवानलाई फूल टिप्न पठाइएको थियो।

फूल टिप्न पठाइएकी ऐर रुखबाट खस्दा एउटा खुट्टा भाँचिएको छ। तर तालिम केन्द्र दिपायलका एसएसपी श्रेष्ठले घाइते ऐर दिक्षान्त समारोहका सहभागी मात्रै नहुने तर अन्य सम्पूर्ण प्रक्रिया पूरा भइसकेकाले कुनै समस्या नहुने बताए।