
धनगढी गौशालामा छाना लगाईएको छ। छाडा पशु चौपायालाई व्यवस्थापन गर्नका लागि धनगढी उप–महानगरपालिकाले वडा नम्बर ७ मा रहेको देवहरियामा स्थापना गरिएको गौशालामा टिनको छाना लगाईएको हो।

कैलाली हार्डवेयर व्यवसायी संघका अध्यक्ष सुरेन्द्र राठीको अगुवाईमा गौशालाको ट्रस र कर्कटपाता छाउने कार्य सम्पन्न भएको हो। पानी पर्दा र हावाहुरी चल्दा जोखिम हुने भएकाले जनस्तरबाट छाना हाल्ने काम सम्पन्न भएको राठीले बताए।

छाना हाल्नको लागि राठी ईन्टरप्रईजेजले २ लाख ५१ हजार, ह्म्यानिटि फाउण्डेसनले एक लाख, प्रकाश अवस्थीले ३१ हजार, सत्यप्रकाश मोहपालले ३१ हजार र राउण्ड टेवल नेपालले ७० हजार सहयोग गरेका हुन्। विगतमा खरको छाना भएका कारण सामान्य पानी पर्दा पनि समस्या हुने गरेको थियो।
2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/27, 4:42
2021/02/16, 10:54
2021/09/17, 1:06
2022/12/02, 7:05