लायन्स क्लब धनगढी समृद्धिद्वारा कारागारका कैदीबन्दीहरुलाई मास्क र साबुन वितरण
2020/07/15, 8:25

लायन्स क्लब धनगढी समृद्धिले कैलाली कारागारमा रहेका कैदीबन्दीहरुलाई मास्क र साबुन वितरण गरेको छ । बुधबार क्लबले कैदीबन्दीका लागि भन्दै पाँच सय थान मास्क र साबुन हस्तान्तरण गरेको हो ।

कारागारमा पनि कोरोना संक्रमणको जोखिन हुन सक्ने भन्दै मास्क र साबुन वितरण गरिएको लायन्स क्लब धनगढी समृद्धिकी अध्यक्ष गोमा अधिकारीले जानकारी दिईन् ।

उनका अनुसार कैलाली कारागारमा रहेको चार सय ८६ कैदीबन्दीहरुका लागि मास्क र साबुन हस्तान्तरण गरिएको हो । सो कार्यक्रममा लाईन्ससँग आबद्ध पदाधिकारी र सदस्यहरुको पनि सहभागीता रहेको थियो ।
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/19, 2:01
2021/02/11, 6:02
2021/09/13, 2:22
2023/10/03, 7:34