बजेट भाषण गरे बापत गाउँपालिकाकी उपाध्यक्षले लिईन् एक लाख रुपैयाँ
2020/07/16, 6:45
 
jan pratinidhi

बजेट भाषण, नीति तथा कार्यक्रम प्रस्तुत गरे बापत पालिकाका जनप्रतिनिधिले दुई लाख रुपैयाँसम्म भत्ता लिने गरेको पाइएको छ । त्यसमा कैलालीमा पनि एक लाख रुपैयाँ लिईएको पाईएको छ । 

महालेखा परीक्षकको कार्यालयले प्रकाशन गरेको ५७ औँ प्रतिवेदन अनुसार कैलालीको जानकी गाउँपालिकाकी उपाध्यक्ष उमा महतोले बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरे वापत एक लाख रुपैयाँ लिएकी हुन् । 

महालेखाको प्रतिवेदनले भनेको छ, ‘जानकी गाउँपालिका कैलालीले २०७५ असार ३२ गतेको गाउँ सभाको निर्णय नम्बर २० मा २०७५÷७६ को बजेट तयारी तथा बक्तव्य बापत गाउँपालिका उपाध्यक्षलाई एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।’ 

महालेखाको प्रतिवेदनले प्रदेश सभाले स्वीकृत गरेको ऐनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरे बापत पारिश्रमिक पाउने व्यवस्था गरेको नदेखिएकोले त्यो रकम असुल हुनुपर्दछ भनेको छ ।