
कैलालीका एम्बुलेन्स चालक रमेश मल्लको मृत्यु भएको छ । विगत १० वर्षदेखि अत्तरिया क्षेत्रमा एम्बुलेन्स चलाउँदै आईरहेका चालक मल्लको उपचारका क्रममा मृत्यु भएको हो ।

गत असार ७ गते आफ्नै घरको छतबाट लडेर घाईते भएका मल्लको उपचारका क्रममा बुधबार ललितपुरमा मृत्यु भएको हो । धनगढी तथा नेपालगञ्जमा उपचार सम्भव नभएपछि उनलाई ललितपुरमा रहेको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारका क्रममा करिब २० लाख भन्दा बढी खर्च भएपछि रकम अभावले उपचारमा समस्या देखिन थालेको भन्दै स्थानीय युवाहरुले मल्ललाई बचाउन अभियान सञ्चालन गरेका थिए । सामाजिक कार्यमा अग्रसर रहने मल्लको उपचारका लागि भन्दै स्थानीय युवाहरुले दुई दिनको अवधिमा करिब डेढ लाख रुपैँया संकलन गरी पठाएका थिए ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/19, 2:01
2021/02/11, 6:02
2021/09/13, 2:22
2023/10/03, 7:34