लकडाउनकै बीच गुजरातबाट १५ नेपाली खटिमा आईपुगे
2020/05/14, 4:32
 
korona

भारतको गुजरातमा १५ जना नेपाली आज कञ्चनपुरको सीमावर्ती जिल्ला खटिमा आईपुगेका छन् । उनीहरु लकडाउनकै बीच आज दिउसो खटिमा आईपुगेका छन् ।

खटिमा पुग्नेहरुमा कञ्चनपुरको भीम दत्तनगरपालिका वडा नम्बर ४  का ६ जना र महाकाली नगरपालिका वडा नम्बर ९ का ९ जना रहेका छन् । भोकभोकै आएका उनीहरुलाई काँग्रेस आईका उत्तराखण्ड प्रदेशका महासचिव भुवन कापरीको नेतृत्वमा खाना खुवाईएको थियो ।

उनीहरु अहिले  दोधारा चाँदनीबाट करीव ६ किमी दूरीमा रहेका भारतको धनकैया थानामा छन् । सीमावर्ती भारतीय भूभाग र भारतका बिभिन्न शहरमा रहेका १० हजार भन्दा बढि स्थानीय बासिन्दाको उद्दारको माग गर्दै केहीदिन यता महाकाली नगरपालिकाका बासिन्दाले आन्दोलन गर्दै आएका छन् ।

1

उनीहरुले हिजो टायर बालेर बिरोध प्रदर्शनको साथै भारतमा रहेका आफन्तको उद्दारको माग गर्दै प्रदेश सांसद मानबहादुर सुनारको घर घेराउ गरेका थिए ।