जोखिम भत्ता नपाएको भन्दै थलारा स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द
2020/07/17, 1:18

बझाङको थलारा गाउँपालिकाका स्वास्थ्यकर्मीहरुले कोरोना भाइरस महामारीमा खटिए बापतको जोखिम भत्ता गाउँपालिकाले नदिएको भन्दै ईमरजेन्सी बाहेका सबै स्वास्थ्य सेवा अनिश्चितकालीन बन्द गरेका छन् ।

उनीहरुले प्रदेश सरकार मातहत काम गरिरहेका स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता पाईसक्दा आफुहरुले नपाएको र पटक पटक गाउँपालिकालाई आग्रह गर्दा पनि सुनुवाई नभएको भन्दै ९ वटै वडाका स्वास्थ्य संस्थाहरुमा इमर्जेन्सी, खोप र प्रसुति सेवा बाहेकका अन्य सेवा अनिश्चितकालीन बन्द गरेको जनाएका छन् ।
९ वटै वडा कार्यालयका स्वास्थ्य प्रमुखहरुले जारी गरेको विज्ञप्तीमा पोशाक भत्ता, पारिवारिक भ्रमण भत्ता नर्सिंङ सेवाका स्टाफहरुको रात्रीकालीन सेवा भत्ता समेत उपलब्ध नगराईएकोले बाध्य भएर सेवा बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताएका छन् ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/05/02, 1:46
2023/01/08, 4:47
2024/11/26, 2:07