डिलासैनी वनमा १७ हजार विरुवा रोपियो
2020/07/17, 6:49
 
rukha

धनगढी उप–महानगरपालिका वडा नम्बर ३ मा रहेको डिलाशैनी सामुदायीक वनमा शुक्रवार बृक्षा रोपणा गरिएको छ । डिभिजन वन कार्यालय धनगढी र डिलासैनी सामुदायिक वनको आयोजना र धनगढी उप–महानगरपालिकाको समन्वयमा एकैदिन १० हेक्टर जमिनमा १७ हजार बिरुवा रोप्ने काम भएको हो । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड, डिभिजन बन कार्यालय धनगढीमा प्रमुख रामचन्द्र कडेलले संयुक्त रुपमा वृक्षारोपणा कार्यक्रमको उद्घाटन गरेका थिए । 

नगर प्रमुख वडले आफु निर्वाचित भएर आएदेखि नै एक घर दुई बिरुवा, भोट बरावर बोट, जनसंख्या बरावर बोटको अभियान सुरु गरेको बताए । अव सामुदायिक वनमा रहेको खाली जमिनमा फलफुलका बिरुवा रोप्नुपर्छ भन्ने मेरो मान्यता हो नगर प्रमुख वडले भने, त्यसले उपभोक्तालाई चाँडो आम्दानी दिन सक्छ । वनविना मानव जगतको कल्पना पनि गर्न सकिदैन नगर प्रमुख वडले भने, त्यसैले वृक्षारोपणा आवश्यक छ ।

डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कडेलले धनगढी उप–महानगरपालिकाले थालेको वृक्षारोपण अभियान उदारणीय भएको बताए । उनले भने, यसरी नै वृक्षारोपणा गरिएमा हरित शहरको अभियान पुरा हुन्छ । धनगढी उप–महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐरले वृक्षारोपणा गर्न वडाबासी उत्साहित भएको बताए । उनले भने, अव यसरी नै संरक्षणमा जुट्न आम वडावासी र वन उपभोक्तालाई अनुरोध गर्दछु ।