धनगढी उप–महानगरपालिका वडा नम्बर १ मा रहेको बी पोलिटेक्निकमा महिला होल्डिङ्ग आईसोलेशन स्थापनाको अन्तिम तयारी भएको छ । महिला होल्डिङ्ग आईसोलेसनको ढाँचा, सहयोग र समन्वयका विषयमा शुक्रवार धनगढी उप–महानगरपालिकाले धनगढीमा रहेका सरकारी तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था, नीजि क्षेत्र, सुरक्षा निकाय संग छलफल समेत गरेको छ ।
महिला होल्डिङ्ग आईसोलेसनलाई नमुना आईसोलेशन बनाउने तयारी भईरहेको छ ।’ नगर उपप्रमुख सुसिला भट्टले भनिन्– ‘यसका लागि सहकार्य गर्ने सबै प्रति आभारी छौं । उप–महानगरपालिकाले आफ्नै आईसोलेशन संचालनमा ल्याएको अवगत गराउँदै नगर उप प्रमुख भट्टले भने– ‘यो नितान्त महिलाको लागि हो ।
उप–प्रमुख सुशीला मिश्र भट्टले महिला होल्डिङ्ग आईसोलेशनको व्यवस्थापनको मोडालिटीका बारेमा राम्रो छलफल भएको बताईन् । हामीले महिलाका लागि नमुना आईसोलसन संचालनमा ल्याउन खोजेका हौं ।’ उनले भनिन्–‘त्यसैले सबैको सहकार्य आवश्यक छ ।’