धनगढीमा ९१ जना कोरोना संक्रमितः ७७ जना निको, १७ जना आईसोलेसनमा 
2020/07/18, 6:29
 
corona

धनगढी उपमहानगरपालिकामा ९१ जना कोरोना संक्रमित भएका छ । चैत १४ गतेदेखि आजसम्म ९१ जना संक्रमित पुगेका हुन् । उनीहरुमध्ये ७७ जना निको भएर डिस्चार्ज भएका छन् । १७ जना आईसोलेसनमा रहेको धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । 

उपमहानगरपालिकामा संक्रमण देखिएका  मध्य अस्पतालको आइसोलेसन, नगरपालिकाको आइसोलेसन र होम आइसोलेसनमा बसेका ७७ जनामा निको भैसकेको  धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखा निरीक्षक लक्ष्मीराज उपाध्यायले बताए । धनगढीमा कोरोना संक्रमणका कारण हालसम्म एक जनाको मृत्यु भएको छ भने दुई जनालाई धनगढीमा उपचार सम्भव नभएपछि अन्यत्रै रेफर गरिएको छ ।

उपाध्यायका अनुसार अनुसार शुक्रबार मात्रै धनगढीका ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमण पुष्टी हुनेमा धनगढी उप–महानगरपालिका–१४ का एक महिला र एक पुरुष गरी दुई जना, वडा नम्बर–३ का एक पुरुष र वडा नम्बर–१५ का तीन जना पुरुष रहेका छन् । शुक्रबार संक्रमण पुष्टी भएका मध्य वडा नम्बर–३ का संक्रमित साउदी अरबबाट फर्केका व्यक्ति हुन् । स्वास्थ्य इन्चार्ज उपाध्यायका अनुसार वडा नम्बर–३ का ती व्यक्ति जुलाई ६ तारिखमा साउदीबाट फर्केका हुन् । शुक्रबार संक्रमण पुष्टी भएका पाँच जना भने भारतबाट आएर क्वारेन्टिनमा बसिरहेका व्यक्ति हुन् ।

उनका अनुसार हाल सम्म धनगढीमा संक्रमण पुष्टी भएका कुल संक्रमित मध्य वडा नम्वर १ का ७, वडा नम्बर २ का ४, वडा नम्बर ३ का पाँच, वडानम्बर ४ का १ जना, वडा नम्बर ५ का १० जना, वडा नम्बर ६ का २ जना, वडा नम्वर ७ का ३ जना रहेका छन् ।  यसैगरी वडा नम्बर ८ का ५ जना, वडा नम्बर ९ का १० जना, वडा नम्बर १० का ३ जनामा संक्रमण पुष्टी भएको छ भने वडा नम्बर ११ का एक जना, वडा नम्बर १२ का २० जनामा कोरोना पुष्टि भएको उपाध्यायले बताए ।  धनगढी –१३ का दुई जना, १४ का ८ जना, १५ का चार जना, १६ का १, १७ का १, १८ का ९ जना र वडा नम्वर १९ का एक जनामा कोरोना संक्रमण पुष्टि भएको निरीक्षक  उपाध्यायले बताए ।