नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरे बापत कैलालीको जानकी गाउँपालिकाका उपाध्यक्षले एक लाख पारिश्रमिक लिएको भनि महालेखा परीक्षकको कार्यालयले आफ्नो बार्षिक प्रतिवेदनमा उल्लेख भएकोमा गल्ती भएको जनाउँदै सच्याएको छ ।
महालेखा परीक्षकको कार्यालयका सहायक प्रवक्ता नेत्र प्रसाद पौडेलले भुलवश कैलालीको जानकी गाउँपालिकाको नाम पर्न गएकोमा सच्याइएको ब्यहोराको पत्र गाउँपालिकालाई दिएका छन् । महालेखाको प्रतिवेदनमा गाउँपालिकाको बार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरे बाफत उपाध्यक्ष उमा महतोले एक लाख पारिश्रमिक बुझेको सो बिषय नियम संगत नभएको उल्लेख थियो ।
सो बिषय अन्य कुनै जिल्लाको अरु नै गाउँपालिकाको नाम हुनुपर्नेमा जानकी गाउँपालिकाको नाम भुलवश परेको पत्रमा लेखिएको छ । तर त्यो जिल्ला र गाउँपालिकाको नाम भने महालेखाको पत्रमा खुलाइएको छैन् ।