कैलालीका नदीहरुमा बाढी आएको छ । कर्णाली मोहना पथरैया, काडा, कान्द्रा, खुटिया लगायतका नदीहरुमा बाढी आएको स्थानीयहरुले बताएका छन् । नदीहरुमा जलस्तर वढेपछि तटीय क्षेत्रका वासिन्दाहरुलाई सर्तकता अपनाउन आग्रह गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय हुने र बाढी पहिरोको जोखिम रहने भएकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन आग्रह गरिसकेको छ । मौसमविद्का अनुसार सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा ठुलो र एक दुई ठाउँमा निकै ठुलो पानी पर्नेछ ।
सुदूरपश्चिम प्रदेशका मध्य पहाडी, चुरे र तराईबाट बहने नदीमा एक्कासी बाढी आउने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दा विशेष सतर्क हुन आग्रह गरिएको छ । यी ठाउँमा आउँदो शुक्रबारसम्म नै बाढी र पहिरोको जोखिम भएकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।
तस्वीरः प्रताप चौधरी