
धनगढीको जेसिज एभरेष्ट पूर्व विद्यार्थी संघले स्थापना गरेको अक्षय कोषमा १० लाख रुपैँया जम्मा भएको छ । जेसिज एभरेष्ट स्कुलका पूर्व विद्यार्थीहरु आवद्ध संघले स्थापना गरेको कोषमा दुई वर्षमै १० लाख रुपैँया जम्मा भएको संघका अध्यक्ष खेमराज जोशीले जानकारी दिए ।

पूर्व विद्यार्थीहरुले रकम संकलन गरी स्थापना गरेको पाँच लाखको कोषमा दोस्रो वर्ष १० लाख जम्मा भएको हो । जोशीका अनुसार कोषमा संघमा आवद्ध विद्यार्थीहरुले आ–आफ्नो इच्छा अनुसार रकम जम्मा गर्दै आएका छन । त्यसरी जम्मा भएको रकम सामाजिक कार्यमा खर्च गरिदै आएको छ ।
यसैबीच अक्षय कोषको रकमबाट धनगढीको आमाको माया छात्रावासमा आश्रित दुई असहाय बालकको पढाई खर्च व्यहोर्दै आएको छ । छात्रावासमा बस्दै आएका हुम्लाका ती दुई बालकको पढाई खर्च अक्षय कोषबाट व्यहोर्दै आएको अध्यक्ष जोशीले बताए ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/13, 12:21
2021/04/17, 6:15
2021/10/30, 11:47
2022/10/08, 11:53