धनगढीका सात सहित थप ८ जनामा कोरोना पुष्टि, सुदुरपश्चिममा संक्रमितको संख्या ४०१७
2020/07/18, 2:23

धनगढीका सात सहित थप ८ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित प्रादेशिक प्रयोगशालामा आज गरिएको परिक्षणमा थप ८ जनामा कोरोना पुष्टि भएको हो । एक जना कञ्चनपुर पुर्नवासकी ३१ बर्षीया महिला तथा सात जना धनगढी उपमहानगरपालिका क्षेत्रका रहेको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

धनगढीको वडा नम्बर १८ मा दुई जना पुरुष, धनगढी १४ मा दुई जना महिला, धनगढी १५ मा दुई जना महिला, धनगढी १ मा एक जना पुरुषमा कोरोना पुष्टि भएको हो । पछिल्लो चौविस घण्टामा दुई सय ३७ जनाको कोरोना परिक्षण गरिएको थियो । योसँगै सुदुरपश्चिममा संक्रमितको संख्या चार हजार १७ जना पुगेको छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/04/30, 11:09
2021/08/11, 3:19
2022/05/21, 2:07
2020/06/22, 7:39
2020/10/29, 8:44