डडेल्धुराका स्थानीय तहमा १८ करोड बढी बेरुजु
2020/07/18, 2:31
 
local

महालेखा परीक्षकका अनुसार डडेल्धुराका स्थानीय तहको बेरुजु १८ करोड बढी रहेको छ। महालेखा परीक्षकले आफ्नो ५७औं वार्षीक प्रतिवेदनमा सात वटै स्थानीय तहहरुको बेरुजु १८ करोड २७ लाख ८ हजार रहेको उल्लेख छ।  

सात स्थानीय तहमध्ये सबैभन्दा बढी भागेश्वर गाउँपालिकाको ५ करोड ४५ लाख ११ हजार बेरुजु देखिएको छ।  भागेश्वर गाउँपालिकाको ६२ करोड ७ लाख ३५ हजार लेखारीक्षण रकम मध्ये ५ करोड ४५ लाख ११ हजार बेरुजु रहेको छ। यस्तैे सबैभन्दा कम बेरुजु अमरगढी नगरपालिकाको रहेको छ। लेखापरीक्षण गरिएको कुल ६९ करोड ८५ लाख ७९ हजार रकम मध्ये ४९ लाख ८८ हजार बेरुजु रहेको महालेखाले जनाएको छ। 

यस्तै आलिताल गाउँपालिकाको ७० करोड ६० लाख ९२ हजार लेखापरीक्षण गरिएको छ। जसमध्ये बेरुजु ४ करोड ३४ लाख ७९ हजार रहेको छ। त्यस्तै परशुराम नगरपालिकाको कुल लेखापरीक्षण रकम १ अर्ब १६ करोड २६ लाख १५ हजारमा ३ करोड ७० लाख ९९ हजार बेरुजु रहेको छ। 

नवदुर्गा गाउँपालिकाको कुल लेखापरीक्षण रकम ७३ करोड ४८ लाख ४६ हजारको १ करोड ८२ लाख ९७ हजार बेरुजु रहेको छ। यस्तै अजयमेरु गाउँपालिकाको कुल लेखापरीक्षण रकम ७२ करोड ५९ लाख १४ हजारमा १ करोड ४९ लाख २५ हजार रुपैया बेरुजु रहेको छ। र, गन्यापधुरा गाउँपालिकाको कुल लेखापरीक्षण रकम ५३ करोड ६६ लाख ४ हजारमा ९४ लाख ९ हजार बेरुजु रहेको छ।