लायन्स क्लब अफ धनगढी समृद्धिद्धारा वृक्षारोपण
2020/07/18, 9:10
rukha

लायन्स क्लब अफ धनगढी समृद्धिको आयोजनामा धनगढीमा वृक्षारोपण गरिएको छ ।  धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित पार्वती आधारभुत प्राथमिक विद्यालय  परिसरभित्र वृक्षारोपण गरिएको हो ।

4

1

बिद्यार्थीहरुलाई छहारी दिने वृक्षहरू रोपेर एक समारोहका बीच वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा द्वितीय भाईस डिष्ट्रिक गभर्नर सिवी चन्दको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमकी सभापति लायन्स क्लब अफ धनगढी समृद्धिककी अध्यक्ष गोमा अधिकारी रहेकी थिईन् ।

2

वृक्षारोपण कार्यक्रममा यसक्षेत्रका सिनियर लायनहरु जनक राज जोशी, सम्झना अधिकारी, चेतराज पनेरु, गोविन्द अधिकारी, खेम राज भट्ट, सकुन्तला भट्ट,  राजेन्द्र अग्रवाल, बसन्ती भण्डारी लगायतको सहभागीता रहेको थियो । 

4