सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार २८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्या चार हजार २८ पुगेको हो । सुदुरपश्चिमका कोरोना संक्रमितमध्ये चार जिल्लामा संक्रमितको संख्या पाँच सय नाघेको छ । कैलालीमा भने एक हजार नजिक पुग्न थालेको छ ।
नौ जिल्लामध्ये संक्रमित सवैभन्दा वढी कैलालीमा रहेका छन् । कैलालीमा संक्रमितको संख्या नौँ सय ५४ रहेका छन् । कैलाली वाहेक अन्य तीन जिल्लामा पनि पाँच सय संक्रमित कटेका छन् । अछाममा ६ सय ४५, बाजुरामा ६ सय १६, डोटीमा पाँच सय ८६ जना संक्रमित रहेका छन् ।
अन्य जिल्लाहरुमा कञ्चनपुरमा चार सय ६३, डडेल्धुरामा दुई सय ९५, बैतडीमा दुई सय ७६, बझाङमा एक सय ७३ र दार्चुलामा २० जनामा कोरोना पुष्टि भएको छ । संक्रमित मध्ये झण्डै एक हजार ६ सय ७० सय डिस्चार्ज भईसकेका छन् भने ८ जनाको मृत्यु भईसकेको छ ।
शनिवार मात्रै सुदूरपश्चिममा १९ जनामा कोरोना पुष्टि भएको थियो । डडेल्धुरा प्रयोगशालामा ११ र धनगढी प्रयोगशालामा ८ गरी १९ जनामा कोरोना पुष्टि भएको थियो ।