
धनगढीमा मोटरसाईकल एकआपसमा ठोक्किदा दुईजना घाईते भएका छन्। धनगढी उप–महानगरपालिका वडा नम्बर १३ को मोहनपुरमा पश्चिमबाट पूर्व जादै गरेको लु ६०प ८९१० नम्बरको मोटरसाईकल र विपरीत दिसाबाट आइरहेको से६ प ९३९० नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा दुईजना घाईते भएका हुन्।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार घाईते हुनेमा लु६०प ८९१० नम्बरको मोटरसाइकल चालक धनगढी १३ का २४ वर्षीय रामचन्द्र चौधरी र अर्को मोटरसाइकल चालक गौरीगंगा नगरपालिका ४ का ३१ वर्षीय पदम बडैला रहेका छन्। चौधरीको अवस्था गम्भीर रहेको छ प्रहरीले जनाएको छ। उनीहरु दुवैजनाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/04/30, 11:09
2021/08/11, 3:19
2022/05/21, 2:07
2020/06/22, 7:39
2020/10/29, 8:44