मोटरसाईकल दुर्घटनामा परी घाईते युवकको मृत्य, अर्का घाईतेको उपचार हुदैं
2020/07/19, 10:35

कञ्चनपुरमा मोटरसाईकल दुर्घटना हुँदा घाईते भएका युवकको उपचारका क्रममा मृत्यु भएको छ । कृष्णपुर नगरपालिका वडा नम्बर २ मा शुक्रबार राती भएको मोटरसाईकल दुर्घटना हुँदा घाईते भएका २६ वर्षीया विष्णु रोकायाको उपचारका क्रममा धनगढीमा मृत्यु भएको हो ।

शुक्रवार राती म २ प २५५१ नम्बरको मोटरसाईकल र साईकल ठोक्किदा रोकाया सहितका चार जना घाईते भएका थिए । रोकाया साईकलको पछाडी सवार थिए । उनका उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।
यस्तै दुर्घटनामा घाईते भएका पञ्चेश्वरका मोटरसाईकल चालक २८ वर्षीय सुरेन्द्र धामीको कोहलपुरमा उपचार भईरहेको छ भने पछाडी सवार उपचारपछि डिस्चार्ज भईसकेका छन ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/04/30, 11:09
2021/08/11, 3:19
2022/05/21, 2:07
2020/06/22, 7:39
2020/10/29, 8:44