
कैलालीमा आज थप २४ जनामा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय ६४ जनाको नमुना परीक्षणका क्रममा कैलालीका २४ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले पाँच महिला र १९ पुरुष गरी २४ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । उनका अनुसार बर्दगोरिया गाउँपालिकाका दुई महिला र ६ पुरुष गरी ८ जना, जोशीपुर गाउँपालिकाका एक महिना र ६ पुरुष गरी ७ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै गौरीगंगा नगरपालिकाका एक महिला र चार पुरुष गरी पाँच जना, टीकापुर नगरपालिकाका एक महिला र तीन पुरुष गरी चार जनामा संक्रमण पुष्टि भएको श्रेष्ठले बताए । यो सँगै कैलालीमा संक्रमितको संख्या नौँ सय ७८ पुगेको छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/04/30, 11:09
2021/08/11, 3:19
2022/05/21, 2:07
2020/06/22, 7:39
2020/10/29, 8:44