
कैलालीमा क्वारिन्टिनबाट भागेका एक जना मृत फेला परेका छन । गोदावरी नगरपालिका वडा नम्बर ८ स्याउलेको हरिनगरमा सोही ठाउँका स्थानीय अन्दाजी ४५ वर्षीय शेरबहादुर आउजी मृत फेला परेका हुन् ।

उनी साउनको एक गते मात्रै भारतबाट फर्किएर क्वारेन्टिनमा बसेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए । उनका अनुसार मृत फेला परेका आउजी गोलादेवी विद्यालयमा स्थापना गरिएको क्वरिन्टिनमा बस्दै आएका थिए ।
तर उनी सोमबार बिहानै क्वारेन्टिनबाट भागेका थिए । प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/04/30, 11:09
2021/08/11, 3:19
2022/05/21, 2:07
2020/06/22, 7:39
2020/10/29, 8:44