आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु विरुद्ध मुद्दा दर्ता भएका छ । जिल्ला प्रहरी कार्यालय कैलालीमा पीडित पक्षले मुद्दा दर्ता गराएका हुन् । शनिवार कैलालीको घोडाघोडी नगरपालिकामा १४ बर्षिया र १७ बर्षिया दुई छोरीमाथि आफ्नै बाबुले बलात्कार गरेको आरोप लागेको थियो ।
शनिवार इलाका प्रहरी कर्यालय सुखडमा संरक्षक नभएको भन्दै मुद्दा दर्ता भएको थिएन । आइतबार जिल्ला प्रहरी कार्यालयमा जबरजस्तीकरणी र बाल यौन दुरुपयोगमा मुद्दा दर्ता भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।
दुई छोर मध्ये एक जनालाई बलात्कार गरेको र बाल यौन दुरुपयोग गरेको भन्दै मुद्दा भएको हो । आरोपी बाबु भने फरार छन् ।
2024/11/23, 3:22
2024/11/23, 3:11
2024/11/23, 2:55
2024/11/23, 2:46
2024/11/23, 2:44
2024/11/23, 3:22
2024/11/23, 3:11
2024/11/23, 2:55
2024/11/23, 2:46
2024/11/23, 2:31
2020/08/10, 10:48
2021/01/11, 7:40
2023/10/03, 2:12
2021/12/21, 1:48