जोशीपुर गाउँपालिमा पहिलो पटक कोरोना पुष्टि, सात जनालाई एकै दिन देखियो 
2020/07/20, 9:59
 
corona

कैलालीको जोशीपुर गाउँपालिकामा पहिलो पटक कोरोनाको संक्रमण देखिएको छ । जिल्लामा कोरोना महामारी फैलिएको चार महिनापछि जोशीपुर गाउँपालिकामा पहिलो पटक आईतबार ७ जनामा कोरोना पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार जोशीपुर गाउँपालिका वडा नम्बर ७ का एक महिला र छ पुरुषमा कोरोना पुष्टि भएको बताए । उनका अनुसार संक्रमित हुनेमा २४ वर्षीय महिला, २४ वर्षकै पुरुष, २८,२८, ३४,४५, र ४५ वर्षीय पुरुष रहेका छन । स्वास्थ्य कार्यालय कैलालीले जोशीपुर गाउँपालिकामा सात जना संक्रमित भेटिएसँगै जिल्लाका सबै स्थानीय तहमा कोरोना फैलिएको जनाएको छ ।

स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लालबहादुर धामीले आईतबार संक्रमण पुष्टि भएका सातै जना ७ दिन अघि मात्र भारतबाट फर्किएको बताए । धामीले भारतबाट फर्किएर क्वारेन्टिनमा बसिरहेका उनीहरुलाई अहिले टीकापुर अस्पतालको आईसोलेसन र क्वारेन्टिनमा राखिएको छ । कैलालीमा सुदूरपश्चिममै सबैभन्दा बढि नौँ सय ७८ जना संक्रमित छन् भने चार जनाको मृत्यु भईसकेको छ ।