सुदूरपश्चिममा झण्डै ७ हजार जना क्वारेन्टिनमा
2020/07/20, 4:19
 
corona

सुदूरपश्चिममा भारत लगायतका देशबाट फर्किएका झण्डै सात हजारलाई क्वारेन्टिनमा राखिएको छ । कोरोना भाईरसको जोखिममा रहेका ६ हजार नौ सय ४९ जनालाई क्वारेन्टाईनमा राखिएको हो ।

प्रदेशभरी ६० हजार एक सय तीन जना अटाउने एक हजार चार सय ९७ वटा क्वारेन्टिन बनाईएकोमा पाँच हजार एक सय ५८ जना पुरुष र एक हजार सात सय ९१ जना महिला गरी ६ हजार नौँ सय ४९ जनालाई क्वारेन्टिनमा राखिएको हो । स्वास्थ्य निर्देशनालय सबैभन्दा बढि डोटीमा एक हजार ६ सय ६२ जनालाई क्वारेन्टिनमा राखिएको छ ।

बझाङका एक हजार तीन सय ५५, कञ्चनपुरमा एक हजार दुई सय ११ र कैलालीमा सात सय ९६ जनालाई क्वारेन्टाईनमा राखिएको निर्देशनालयको तथ्याङकमा उल्लेख छ । यस्तै बैतडीमा ६ सय ५०, अछाममा चार सय ४३, डडेल्धुरामा तीन सय दुई, दार्चुलामा तीन सय र बाजुरामा दुई सय ३० जनालाई क्वारेन्टाईनमा राखिएको छ ।

भारतबाट आएका सबैलाई भने क्वारेन्टिनमा राखिएको छैन् । धनगढी उप–महानगरपालिका सहित केही स्थानीय तहले उनीहरुलाई सिधै घर पठाएका छन् ।