संभावित बाढी, डुबान तथा बिपद्लाई मध्यनजर गर्दै कैलालीको अत्तरीयस्थित लामी तालमा खोज तथा उद्दार सम्बन्धि अभ्यास प्रदर्शनी गरिएको छ ।
सहकार्य नाम दिईएको खोज तथा उद्दार सम्बन्धि अभ्यास प्रदर्शनीमा बाढी,डुवान तथा बिपद्मा परेकाहरुलाई जोगाउने तरिका तथा उपायको प्रयोगात्मक अभ्यास गरिएको थियो ।
नेपाली सेनाको सुदूर पश्चिम पृतना हेड क्वार्टरको संयोजकत्वमा सञ्चालित खोज तथा उद्दार सम्बन्धि अभ्यास प्रदर्शनीमा सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री श्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश वहादुर शाह, सामाजिक बिकास मन्त्री कृष्ण राज सुवेदी, धनगढी उप महानगर पालिकाका मेयर नृप बहादुर वड, नेपाली सेनाको सुदूर पश्चिम पृतनाका पृतनापती उपरथी निर्मल कुमार थापा, सैनिक युद्धकार्य महानिर्देशक उपरथी प्रेम शाही, गोदावारी नगरपालिकाका मेयर हरीसिंह साउँद, गौरीगंगा नगरपालिकाका प्रमुख भीम देउवा,, टिकापुर नगरपालिकाका मेयर तपेन्द्र रावल, लम्की चुहा नगरपालिकाका महादेव बजगाई, भजनी नगरपालिकाका प्रमुख शेर बहादुर चौधरी, घोडाघोडी नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरी, प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा, नेपाली सेनाको ५ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी होमनाथ दवाडी लगायतको उपस्थिति रहेको थियो ।
अभ्यास प्रदर्शनीमा नेपाली सेनाको भवानीदल गण, काली रक्षा गण (ई), नम्बर दुई विपद् व्यवस्थापन गण, नम्बर पाँच ५ फिए गुल्म, नेपाल प्रहरीको विपद् व्यवस्थापन गुल्म, सशस्त्र प्रहरी बल वैद्यनाथ वाहिनी र सशस्त्र प्रहरी विपद् व्यवस्थापन गुल्मको सहभागिता रहेको थियो ।
यसअघि साउन एक देखि तीन सम्म कैलाली जिल्लामा विपद् व्यवस्थापन कार्यमा संलग्न निकाय नेपाल रेडक्रस कैलाली, युएनडिपी, मर्सिकोर समेतको सहभागितामा श्रावण एक गते देखि तीन गतेसम्म वाढी डुवान, विपद् रोकथाम, खोज तथा उद्धारसंग सम्वन्धित विभिन्न अभ्यास गरिएको थियो ।