विकास निर्माणमा समन्वय र कोरोनाको खर्च सार्वजनिक नगरेको भन्दै तालाबन्दी
2020/07/20, 8:38

कञ्चनपुरको बेलौरी नगरपालिकामा नेपाली काँग्रेसले तालाबन्दी गरेको छ । विकास निर्माणमा समन्वय नगरेको र कोरोना नियन्त्रणमा गरेको खर्च सार्वजनिक नगरेको भन्दै नगरपालिकामा तालाबन्दी गरेको हो ।

पटक पटक विकास निर्माणका काममा ध्यानाकर्षण गराउँदा समेत नगरप्रमुखले चासो नदिए पनि बाध्य भएर तालाबन्दी गरेको नेपाल काँग्रेस क्षेत्र नम्बर १ का सभापति गोपी प्रसाद उपाध्यायले बताए ।
नगरप्रमुख पोतिलाल चौधरीले यस बिषयमा समन्वय भइरहेको बताए । ‘आर्थिक बर्ष सकिए पनि उहाँहरूले तालाबन्दी गर्नुभयो हामीले समन्वय गरिरहेका छौँ’ उनले भने ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/04/30, 11:09
2021/08/11, 3:19
2022/05/21, 2:07
2020/06/22, 7:39
2020/10/29, 8:44