कैलालीका विभिन्न चार स्थानमा फेला परेको शंंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय जाने बाटो, धनगढी बजारको एलएन चोक र लम्की चुहा नगरपालिका कार्यालय अगाडी फेला पारेको कुकर बम जस्तै फेला परेको शंकास्पद वस्तु सेनाले निष्क्रिय पारेको हो ।
कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले विभिन्न चार स्थानमा बम जस्तै देखिने शंकास्पद बस्तु फेला परेकोमा निष्क्रिय पारेको बताए । उनले धनगढीमा फेला परेका तीन वटै स्थानमा नेपाली सेनाको टोलीले बम डिस्पोजल गरेको बताए । मंंगलबार बिहानै शंकास्पद वस्तु बम राखिएको विषयमा थप अनुसन्धान भईरहेको उनले बताए ।
यद्यपि मंगलबार मात्रै नेत्र विक्रम चन्द विप्लव नेतृत्व नेकपाले पनि बन्दको आह्वान गरेकाले थप पृष्टी हुन बाँकी रहेको उनले बताए । कही शंकास्पद वस्तु देखा परे प्रहरीलाई जानकारी गराउन उनले आग्रह गरेका छन् ।