
जंगली बँदेलको आक्रमणबाट कञ्चनपुरमा तीन जना घाइते भएका छन । बेदकोट नगरपालिका वडा नम्बर १ चम्फापुरका रामचन्द्र रेग्मी, शारदा जोशी र दिपक सिंह बदेलको आक्रमणबाट घाईते भएका हुन् ।

घाइते तीनै जनाको महाकाली अस्पतालमा उपचार भईरहेको छ । घर आँगनमा बसिरहेका बेला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको जंगली बँदेलले आक्रमण गरेको घाइते रेग्मीले बताए।
आक्रमण गर्न आएको बँदेललाई स्थानीय बासिन्दाले होहल्ला गरी निकुञ्ज तर्फ भगाएका छन ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/04/30, 11:09
2021/08/11, 3:19
2022/05/21, 2:07
2020/06/22, 7:39
2020/10/29, 8:44