सिप्रदीको चरम लापरवाहीः ग्यारेजबाट निस्कने फोहोर सिधै किसानको खेतमा, चार बर्षदेखि उब्जनी हुन छोड्यो (फोटो कथा सहित)
 
sipradi

धनगढीका लागि टाटा मार्टसको आधिकारिक बिक्रेता सिप्रदी प्रा.लिको ग्यारेजको प्रदुषित पदार्थ खुल्ला रुपमा छोड्दा स्थानीय समस्यामा परेका छन् । ग्यारेजबाट निस्कने पेट्रोलियम जन्य फोहर, मोबिल लगायतका प्रदुषित सामाग्री खुला छोड्दा धनगढी उपमहानगरपालिका १३ चटकपुरका स्थानीयको खेती उजाड भएको छ । स्थापना भएदेखि खुल्ला रुपमा पेट्रोलियम पदार्थ बाहिर स्थानीयको खेतमा जादा उब्जनी हुन छोडेको स्थानीयको आरोप छ ।

1
सिप्रदी प्रालिको चरम लापरबाहीले दश रोपनी खेतमा विगत चार बर्षदेखि उब्जनी हुन छोडेपछि वडा कार्यालयलाई पटक पटक जानकारी गराउँदा पनि कुनै सुनवाई नभएको स्थानीयको आरोप छ । सिप्रदीको सोरुमबाट निस्कने पेट्रोलियमजन्य फोहर सिधै किसानको खेतमा जाने गरेको छ । सो रुममा मर्मतको लागि आउने गाडीहरुबाट निस्केको फोहर सिधै धान खेतमा मिसिने गर्छ । यसरी किसानको खेतमा बर्षेनी ठुलो क्षति पुर्याउने गरेको छ ।

4


दुई दुई पटक रोपाई गरेर पनि उब्जनी नहुने र धान उम्रन नपाउदै मर्ने गरेको किसानको गुनासो छ । यसरी चार बर्षदेखि पेट्रोलियमजन्य फोहर खेतमा आउन थालेपछि किसानलाई सास्ती भएको छ । लगातार ४ बर्षदेखि पेट्रोलियमजन्य फोहर खेतमा आईरहेको स्थानीय रन्जित शाहले बताए । खेतमा लगायतको धान बर्षै पिच्छे बढ्न नपाउँदै मर्ने गरेको गुनासो पोखे । उनले फोहर व्यवस्थापनको लागि पहल गर्दा समेत सिप्रदीले व्यवास्ता गरेको सुनाए । यता वडा नम्बर १३ का वडाध्यक्ष विजयराज जोशीले स्थानीय र सिप्रदी बिचको समस्या भएका कारण आफुले केही गर्न नसक्ने प्रतिक्रिया दिए । उनले भने–‘दुई पक्ष बसेर समस्या समाधान गर्ने हो हाम्रो भुमिका केही हुदैन् ।’ वडाध्यक्ष जस्तो जिम्मेवार व्यक्तीले गैरजिम्मेवार प्रतिक्रिया दिए ।

4

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले वडा कार्यालयको जिम्मेवारी हुने बताए । उनले जिल्ला प्रशासन कार्यालयमा लिखित निवेदनका आधारमा प्रशासनले सिप्रदी प्रालिलाई कारबाही गरी पीडितलाई क्षतिपुर्ति उपलब्ध गराउन सक्ने बताए । यस बिषयमा सिप्रदीको शाखा कार्यालय धनगढीमा बुझ्न जादा कार्यकारी अधिकृत शम्भु दाहालले आफ्नो कार्यालयबाट गल्ती भएको र चाडै समाधान गर्ने स्वीकार गरे । उनले यस बिषयमा चाडै केन्द्रिय कार्यालयमा खबर गरी समस्या समाधान गर्ने बताए ।