
दार्चुलाको मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्र सिह धामीले पहिरामा पुरिएका घाइते दुई जनालाई सेनाको हेलिकोप्टर मार्फत नेपालगञ्ज पठाएका छन् ।

घाइते लक्ष्मी परियार र उनकी छोरी सोनिया सहित एक जना कुरुवालाई मंगलबार उपचारका लागि नेपालगञ्ज पठाइएको छ । घाइतेसंगै मदन दर्जी गएका छन् । अध्यक्ष धामीले उनीहरुलाई ३० हजार सहयोग समेत गरेका छन् ।
घाइतेहरुलाई उपचारका लागि नेपालगञ्ज पठाउन अध्यक्ष धामीले विहानदेखि पहल गरेका थिए । घाइते लक्ष्मीको घरमा आएका लेकम गाउँपालिकाका दुई जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ । परियाको घरमाथि पहिरो आउँदा उनीहरु पुरिएका हुन् ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/04/30, 11:09
2021/08/11, 3:19
2022/05/21, 2:07
2020/06/22, 7:39
2020/10/29, 8:44