
कञ्चनपुरमा १० देखि १५ वटा जंगली हात्तीको बथान प्रवेश गरेको छ । भारतको दुधवा नेशनल पार्क लगायतका स्थानबाट लालझाडी संरक्षित वन भएर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र सोको मध्यवर्ती क्षेत्रमा हात्तीको बथान प्रवेश गरेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

मंगलबार एक सूचना जारी गर्दै प्रशासनले जंगली हात्तीको बथान दिउँसो जंगलमा बस्ने र साँझ तथा रातिको समयमा मध्यवर्ती क्षेत्रका गाउँबस्ती तथा खेतबारीमा आउने गरेको जनाएको छ । प्रशासन कार्यालयले जंगली हात्ती गाउँबस्तीमा आएको थाहा पाउनासाथ उच्च सतर्कता अपनाउन स्थानीयलाई अनुरोध गरेको छ ।
यस्तै हात्ती आएको जानकारी पाउनासाथ नजिकको निकुञ्ज पोष्ट, सुरक्षा पोष्ट, सुरक्षा निकायमा जानकारी गराउने तथा सुरक्षित भएर जंगली हात्तीलाई धपाउने लगायतका कार्य गर्न सूचनामा भनिएको छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/04/30, 11:09
2021/08/11, 3:19
2022/05/21, 2:07
2020/06/22, 7:39
2020/10/29, 8:44